निर्वाचन आयोगले दलहरूसँग भन्यो : माघ पहिलो हप्ताभित्रै निर्वाचन मिति घोषणा गर्नुपर्छ

0

काठमाडौं : निर्वाचन आयोगले माघको पहिलो हप्तामै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ ।

आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले मिति घोषणा गर्नुपर्ने बताएको हो । 

निर्वाचन ऐनमा स्थानीय तहका पदाधिकारीको पदावधि गणना पहिलो चरणको निर्वाचन भएको मितिबाटै गणना हुने भन्दै आयोगले प्रस्ताव गरेको मितिमै चुनाव गराउने गरी आयोगले तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

आयोगले वैशाख १४ र २० मा स्थानीय चुनाव गर्न सिफारिस गरेपनि सरकारले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

यस्तै बैठकमा सहभागी विभिन्न दलका नेताहरूले स्थानीय तहको चुनावबारे सरकारले छलफल गरेर चाँडै निष्कर्षमा पुगोस् भन्ने आफूहरुको धारणा रहेको बताएका थिए ।

दलहरुले मतदानका लागि योग्य सबैलाई सक्केसम्म मतदाता नामावलीमा समेट्न पनि आयोगलाई सुझाव दिएका छन् ।

Leave A Reply

Your email address will not be published.