एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

0

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

उनले आफुलाई संक्रमण पुष्टि भएकाले केही दिन आइसोलेसनमा बस्ने जनाएका छन् । उनले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको समेत जानकारी दिएका छन् । 

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई पनि कोरोना संक्रमण भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.