काठमाडौं उपत्यकामा कडाइ : यस्तो छ जिल्ला प्रशासनको १८ बुँदे आदेश

0

काठमाडौं : कोरोना भाइरस संक्रमण दर बढेपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । 

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १८ बुँदे आदेश जारी गर्दै मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । 

सभा सम्मेलन गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठनमा रोक लगाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।

पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयहरुलाई स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तालिका बनाउन आदेश समेत दिइएको छ । 

कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.