नेकपा एमालेको प्रदेश अधिवेशन सर्‍यो

0

काठमाडौं : नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना महामारीको तेस्रो लहर शुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको हो । 

मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण तीव्र गतिमा फैलँदै गएका कारण प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको एमालेले जानकारी दिएको छ । 

साथै अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको एमालेले जनाएको छ । यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको पार्टीले जनाएको छ । 

त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइएको छ । 

एमालेको ६३ जिल्लामा शुरु भएको अधिवेशन अझै सकिएको छैन । हालसम्म ५२ जिल्लाको नेतृत्व टुंगिएको छ । 

अधिकांश जिल्लामा सहमतिमा नेतृत्व चयन भएको छ भने सहमति हुन नसकेका जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन हुँदै छ ।

Leave A Reply

Your email address will not be published.