कोहलपुरमा राप्रपाले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,

0

तिलक बाबू , कोहलपुर २७ पुस ,

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा राप्रपा बाँके प्रदेश ख कार्य समिति र राप्रपा कोहलपुर नगरले श्री ५ बडामहारज धिराज पृथ्वीनारायण शाह को फोटोमा माल्यार्पण गरी उनको योगदानको स्मरण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।

हिन्दुराज्य कायम गर, संघीयता खारेज गर श्री ५ बडामहारज धिराज पृथ्वीनारायण शाह अमर रहुन भन्ने मुल नाराका साथ नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्तीमा आयोजना गरिएको कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश सदस्य तिलक शाही, बाके क्षेत्र नम्बर १ अध्यक्ष यमबहादुर रावत प्रदेश १ ख अध्यक्ष लाल बहादुर ओलि जिल्ला सदस्य चन्द्र बिष्ट , तुला शाही, जन्मकुमारी हमाल, जंगली थारु कोहलपुर नगरपालिका नगर अध्यक्ष अर्जुन जंग शाह बाट माल्यारपन गरेर उद्घाटन गरिएको थियो।

समारोहमा स्वागत मन्तव्य राख्दै निवर्तमान अध्यक्ष सरिता शाहीले सम्पुर्ण उपस्थित सहभागीलाई एकता दिवसको शुभकामना दिनु भएकी थियो। कार्यक्रममा बोल्नु हुँदै राप्रपा नेता प्रकाश शाहले अहिले संघीयताको नाममा नेताहरुले देश खोक्रो बनाएको, चरम भ्रष्टाचार र आफ्नो मात्र विकास गरेको हुनाले अब हामिले ( राप्रपा ) ले आम जनता माझ गएर जनतालाई बुझाउन जरुरी रहेको बताउनु भयो।

साथै नगर अध्यक्ष शाहले राष्ट्रिय एकता दिवसको शुभकामना दिनु हुदै पृथ्वीनारायण शाहले आर्जेको देशमा जनताको र देशको एकमात्र पार्टी राप्रपा रहेको र अहिले जनताको माग हिन्दुराष्ट्र र राजतन्त्र रहेको हुनाले सम्पुर्ण राष्ट्रिवादी हरु पृथ्वी पथमा एकताका साथ अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि राप्रपा प्रबेश गरेका मन बहादुर कार्की , गनेश कुमार सिंह ठकुरी, नवीन बुढालाई राप्रपा नगर अध्यक्ष शाहले स्वागत गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.