कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार

0

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । 

पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीको बैठकले ६ जना उम्मेदवार टुंगो लगाएको हो । 

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन  र सुदूरपश्चिममा नारायण दत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

Leave A Reply

Your email address will not be published.