माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । 

सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावपछि सर्वसम्मतले दाहाल निर्वाचित भएका हुन् ।

बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.