नेपाल विद्युत प्राधिकरणको सामान नेपाल एयरलाइन्सले ढुवानी गर्ने सम्झौता

0

काठमाडौं : नेपाल वायु सेवा निगम र नेपाल विद्युत प्राधिकरणबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार प्राधिकरणको कार्गो र यात्रुलाई हवाई सेवा दिने जिम्मा निगमले पाएको छ ।

आगामी दिनमा प्राधिकरणका कर्मचारी तथा उनका परिवारले निगमको टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा १० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निगम र प्राधिकरणबीच प्राधिकरणका सामान तथा यात्रु निगम मार्फत बोक्ने सम्झौता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कार्यकारी निर्देशक कुलमान घिसिङबीच सम्झौता भएको हो ।

कार्यक्रममा मन्त्री आलेले निगमलाई प्राधिकरणले गरेको सहयोगले निगमको सेवामा थप प्रभावकारी हुने बताए । उनले प्राधिकरणलाई माथि उकास्न घिसिङले गरेको कामको प्रसंसा समेत गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणबाट पाठ सिक्दै निगमले सेवाग्राही माझ विश्वासनीय बन्नु पर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निगमसंग भएको सम्झौताले सेवा अझै प्रभावकारी हुने बताए । प्राधिकरणको काममा पनि कर्मचारीहरुले निगमकै जहाज प्रयोग गर्ने उनले बताए ।

सम्झौताले सरकारी निकाय बिचको समन्वय थप सुधार हुने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.