काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ ।
अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए । उक्त प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको हो ।
अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गरेका थिए ।
अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् ।
माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।
माओवादीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।
आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।