माओवादीको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावली प्रकाशन

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया शुरु भएको हो ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७ सय ४२ जनाको नामावली प्रकाशित गरेकाे छ ।

निर्वाचनको नियमित प्रक्रिया अनुसार मतदाता नामावली प्रकाशित गरिएकाे हाे । सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने माओवादीकाे तयारी छ । सहमतिबाट नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

Leave A Reply

Your email address will not be published.