रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

नेता पौडेलसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.