अमेरिकामा संक्रमित क्वारेन्टिन बस्ने समय पाँच दिन कायम

0

एजेन्सी : अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितको क्वारेन्टिन समय आधा घटाएको छ । 

सेन्टर्स फर डिजिज कन्ट्रोल ‘सीडीसी’ ले सङ्क्रमितले एक्लिएर बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको हो । त्यसपछिका पाँच दिन मास्क लगाउन सीडीसीको सुझाव छ । 

बुस्टर खोप लगाएका व्यक्तिहरूले संक्रमितसँग सम्पर्कमा पुगेपनि क्वारेन्टिनमा बस्नुनपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ । 

संक्रमितको संख्या बढेर अमेरिकाभर यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो । 

यसैबीच राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन् । उनले संक्रमणसँग जुझ्न चुनौती देखिए संघीय सहयोगका लागि अनुरोध गर्न गभर्नरहरूलाई अनुरोध पनि गरेका छन् । 

केही अस्पतालहरूमा भिड हुनसक्ने भएपनि अमेरिकीहरूले आत्तिनु नपर्ने बाइडेनको भनाइ छ । 

अमेरिकामा ओमिक्रोन सबैभन्दा सक्रिय प्रकारको भेरियन्टका रूपमा देखिएको छ । पछिल्ला दुई दिनमा अमेरिकममा दैनिक दुई लाखभन्दा बढी संक्रमणका घटना देखा परेका छन् । 

संक्रमणको नियन्त्रणका लागि विभिन्न राज्यले नयाँ नियमहरु लागू गरेका छन् ।

Leave A Reply

Your email address will not be published.