काठमाडौं : नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् ।
बीबीसी वानमा सोमबार साँझ भएको फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेका हुन् ।
सिरहा कर्जन्हाका सन्तोषले १८ विभिन्न नेपाली खाना प्रस्तुत गरेर उपाधि जितेका हुन् ।
विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो ।
प्रतिस्पर्धामा विगतमा फाइनलसम्म पुगेका सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र जेमी पार्क सहभागी थिए ।
निर्णायकहरुले सन्तोषको खानाको तारिफ गर्दै नेपाल लैजान समेत प्रस्ताव गरेका छन । गत बर्ष उनी ‘मास्टर सेफ प्रोफेसनल’ मा उपविजेता बनेका थिए ।