राष्ट्रवादी सन्देश सहितको ‘काँडेतार’ चलचित्रको सुटिङ सकियो,

0

समर्पण भट्टराई ,
“सिमानामा काँडेतार अभियानका अभियन्ता नायक नवल खड्का तथा चर्चित गायिका सत्यकला राई द्वारा निर्माण गरिएको चलचित्र ‘काँडेतार’ मा राष्ट्रवादी नायक नवल खड्काको निर्देशन तथा निर्मात्रीमा बहुचर्चित गायिका सत्यकला राई रहेको छ। विविध बाधा व्यवधानका बाबजुद पनि तिनको कठिन सामना गर्दै तीन करोडको लागतमा निर्माण हुन गइरहेको यस चलचित्र ‘काँडेतार’ को कथा लेखन भने शिवम् अधिकारी र नवल खड्काको रहेको छ।

देशभक्तिपूर्ण यस राष्ट्रवादी चलचित्र ‘काँडेतार’ का कलाकारहरुमा नायक नवल खडका, गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरविना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी., खेम नेपाली, देवेन्द्र कोईराला, रामविश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरेले मातृभूमिप्रतिको अगाधप्रेममय अभिनयमा आगो बाल्ने अभिनय उत्रिएका छन् भने बाल कलाकारमा नादिया खड्का र सनया खड्का अदम्य अभिनय रहेकोे नायक खड्काले बताए ।

चलचित्र ‘काँडेतार’को गायनमा भने राजेश पायल राई, जे. पापी, बिक्रम राई, गायिका सत्यकला राई, गीतकार नवल खड्का, संगीतमा मणी थापा, दिपक शर्मा, मिलनकान्छा किराँती र मुख्य सहायक निर्देशकमा विश्व जंङ्ग माझी रहेका छन् भने छायाङ्कनमा सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एशोसियट निर्देशक रामशरण कोईराला, काष्टिङ्ग निर्देशक केशव रायमाझी, सम्पादन तारा थापा, किम्भे प्रोडक्शन हेड प्रकाश महरा र प्रोडक्सन मेनेजर प्रकाश हमाल रहेको छन। सिमानामा काँडेतार बार नलगाएसम्म राष्ट्र तथा आफ्नो मातृभूमि सुरक्षित रहन्न भन्ने मूलनारा बोकेको यस चलचित्र ‘काँडेतार’ ले सारा नेपाली सर्बसाधारण जनताको रगत उमाल्ने राष्ट्रवादी सन्देशले ओरप्रोत भएको चलचित्र हो ।

रातारात सिमाना मिचिरहँदा यहाँका मै हुँ भनाउँदा राजनेता र जननेता कहलाउँने नेताहरुले के हेरिरहेको छन ? यो फ्लिम ले जवाफ मागेको छ चलचित्र ‘काँडेतार’ ले। एक सच्चा अनि प्रखर राष्ट्रवादी सकल नायक हुन् नवल खड्का जसलाई आफ्ना मातृभूमिमाथि बाह्य राष्ट्रले सीमा हस्तक्षेप गर्दा निँदहराम भएको छ साथै सारा नेपाली जनतालाई पनि। ठूल्ठूला भाषण छाँट्नेलाई देशको माया के थाहा ? सिमानामा काँडेतार नहुँदा रातारात जनताहरु आफ्नै मातृभूभिबाट उठीबास हुनु परेको छ। ती जनताको मन रोएको नेताहरुलाई के थाहा ? दिनदहाडै विदेशीले भूमि हस्तक्षेप गरिरहँदा टुलुटुलु हेरिबस्ने अनि चुइँक्क एक शब्द पनि बोल्न नसक्ने यी लाचार नेताहरुले गरेका विगतका काला कर्तुतहरुको पर्दाफास गर्दै धज्जी उडाएको छ चलचित्र ‘काँडेतार’ ले।

राष्ट्रभक्ति तथा देशप्रेमले ओतप्रोत अहिलेसम्मकै अब्बल चलचित्र हो ‘काँडेतार’। छायाङ्कन सकिए लगत्तै निर्माण टीम अब सम्पादन कार्यमा लागि परेको छ र सकेसम्म चाँडै नेपाली जनताकासामु जनताकै चलचित्र ‘काँडेतार’ प्रर्दशनमा ल्याउने निर्देशक तथा राष्ट्रबादी नायक नवल खड्काले वताए।

“सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकी संगको सद्भाव कायम राख्छ” निर्देशक तथा नायक खड्काले भने, “चलचित्र ‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएकोमा खुशियाली बाँड्न चाहान्छु। यसमा सहयोग गर्नुहुने आबद्ध चलचित्रकर्मी र सहयोगी हात र साथहरू प्रति नमन गर्न चाहन्छु। विगतमा देशभक्तिपूर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ। त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु।” नायक खड्काले सामाजिक संजालमा लेखेका छन

Leave A Reply

Your email address will not be published.