माओवादी महाधिवेशन : आज बन्दसत्र

0

काठमाडौं : काठमाडौंमा आइतबारबाट शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र शुरु हुँदै छ ।

बन्दसत्र उदघाटनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा हुने माओवादी केन्द्रले जानकारी दिएको छ । बन्दसत्रले राजनीतिक प्रतिवेदनलगायत दस्तावेज पारित गर्दै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ केन्द्रीय कमिटी तथा पदाधिकारी सकेसम्म सहमतिमा नसके चुनावबाट गर्ने माओवादी नेताहरुको भनाइ छ ।

माओवादी अध्यक्षमा पुष्पकमल दाहाल दोहोरिने निश्चित भएपनि अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १७ सय पुगेको छ । सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताइएको थियो । पछि प्रतिनिधिको संख्या १६ सय ३८ बनाइएको थियो । अहिले फेरि १७ सय गराइएको हो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेसँगै प्रतिनिधिको संख्या पनि बढेको हो ।

Leave A Reply

Your email address will not be published.