जनताले अनुभूत गर्ने गरी राजनीतिक दलहरुले काम गर्नुपर्छ : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको ८ औँ महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरु शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरुलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्न सकिने बताए ।

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै  काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भ्रष्टाचरालई निमिटुयान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन, नेपाली जनताको हीतको लागि हुनुपर्ने बताए । 

Leave A Reply

Your email address will not be published.