एमसीसी राष्ट्रघाती होइन, सित्तैमा आउने पैसा लिन्न भन्न मिल्दैन : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् । उनले एमसीसी राष्ट्रघाती नभएको र  सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताए । 

प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताविरुद्ध नजाने बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरे । उनले गठबन्धन कसैको विरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै अगुवाईमा संविधानसभाको चुनाव भएको स्मरण गराए ।

Leave A Reply

Your email address will not be published.