कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, अरु कसले जिते ?

0

काठमाडौं : नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

मत परिणाम अनुसार डिला संग्रौला सबैभन्दा धैरै मतकासाथ निर्वाचित भएकी छन् ।  पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले २८८५ मत ल्याइन् ।

त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भइन् ।

त्यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । 

खुला महिला केन्द्रीय सदस्य ९ जनाका लागि ३० जना चुनावी मैदानमा थिए ।   

Leave A Reply

Your email address will not be published.