माओवादी केन्द्रद्वारा प्रतिनिधिको सूची पठाउने समय थप

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पठाउने समय थप गरेको छ । 

शनिबारसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन समय थप गरिएको सो पार्टीले जनाएको छ । 

प्रदेश सम्मेलनको बाँकी काम छिटो सम्पन्न गरी पाँच गतेभित्र नामावली पठाउन माओवादी केन्द्रले मातहतका निकायलाई निर्देशन दिएको छ । 

प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बसेर नाम अनुमोदन गर्ने तयारी छ । 

माओवादी केन्द्रे पहिलो पटक टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलन गर्दैछ । 

राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् ।

Leave A Reply

Your email address will not be published.