ओमिक्रोन फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन

0

एजेन्सी : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु गरिएको छ । 

सरकारले अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द गर्ने निर्णय सरकारले गरेको हो । 

प्रधानमन्त्री मार्क रुटले लागु गरिएका कुनै पनि नियम उल्लंघन गर्न नपाइने बताएका छन् । क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय सरकारले गरेको हो । 

घरमा दुई जनाभन्दा बढी पाहुना आउन नपाउने नियम लागू गरिएको छ । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने बताइएको छ । 

ओमिक्रोनको संक्रमण फैलिँदै गएका कारण युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरेका छन । ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ ।

Leave A Reply

Your email address will not be published.