प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दै छ ।

संघीय संसदमा जारी अवरोध, एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि अपराह्न चार बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई निम्ता गरिएको छ । प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ताका क्रममा भएको सहमति अनुसार बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रुमख प्रतिपक्ष एमाले नजाने भएको छ । नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफू नजाने एमालेले जनाएको हो ।

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ ।

सो सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलबीच नै एकमत नहुँदा सम्झौता अगाडि बढ्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.