देशभर धान्य पूर्णिमा मनाइँदै, नेवार समुदायमा योमरी पुन्हीको रौनक, किराँतहरुले उधौली मनाउँदै

0

काठमाडौं : मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । 

मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । 

यस्तै नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । यस्तै ज्यापु संस्कृति विकास कोषको आयोजनामा ज्यापु दिवस पनि मनाईंदैछ । 

किरात समुदायले आफ्नो महान् पर्व उधौली मनाउँदैछन् । पर्वका अवसरमा सरकारले विदा दिएको छ । 

राष्ट्रपती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै संवैधानिक निकायका प्रमुख प्रमुख दलका नेताले पर्वका अवसरमा शुभकामना दिएका छन् ।

Leave A Reply

Your email address will not be published.