नेतृत्व चयनमा हस्तक्षेप गरेको छैन : माओवादी अध्यक्ष दाहाल

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा आफूले हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि अध्यक्ष पुष्पकमल दाहालले खण्डन गरेका छन् ।

केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा दाहालले हस्तक्षेप गरेको भनेर टिप्पणी गर्न थालेपछि अध्यक्षको सचिवालयले शनिबार बिहान विज्ञप्ति जारी गरी त्यो कुरा झुटो भएको बताएको हो ।

पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएको कुरा एकदम गलत हो विज्ञप्तिमा भनिएको छ ।

सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी अहिले राष्ट्रिय सम्मेलनको नजिक पुगिएको जानकारी माओवादी केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.