शेखर कोइराला पक्षको धन्यवाद ज्ञापन कार्यक्रममा कसले के भने ?

0

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । 

शेखर कोइराला पक्षको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए । विचारमा प्रतिनिधित्व नभएसम्म काँग्रेस वास्तवमा ‘काँग्रेस’ नहुने उनले बताए । आफूहरुले व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने उनले प्रस्ट पारे । 

कार्यक्रममा बोल्दै कांग्रेस नेता धनराज गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंहमाथि कटाक्ष गरेका छन् । उपसभापतिका उम्मेदवार समेत रहेका गुरुङले सिंहप्रति कटाक्ष गरेका हुन् ।  

नेतृत्व परिर्वतनको नारा दिएर कांग्रेसको सभापतिमा चुनाव लडेका सिंहले दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए । 

उपसभापतिका उम्मेदवार गुरुङले मतमा आफूहरु कम भएपनि विचारले नहारेको बताए । चुनावमा आफूहरु फेल नभएको गुरुङले बताए ।  

कार्यक्रममा बोल्दै नेपाली  कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढलेको टिप्पणी गरेका छन् । 

सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए । ‘१४ औं अधिवेशनले धेरै खम्बाहरु ढलेको उनको उनको भनाइ छ । 

कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् । 

सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए । 

नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर काम गर्नुपर्ने भन्दै उनले सभापति गुटको नेता बन्न नहुने बताए । 

Leave A Reply

Your email address will not be published.