दाहाल र नेपाल अस्थिरताका संवाहक : ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् । 

अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दाबी गरे । 

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै उनले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने दाहाल र नेपालले काम गरिरहेको आरोप लगाए ।  

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए । 

अध्यक्ष ओलीले दाहालले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । 

उनले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी दाहालले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ । 

सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा दाहाल  लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको ओलीको तर्क छ । 

Leave A Reply

Your email address will not be published.