उम्मेद्वारहरुनै सहभागि नहुने भए पछि एनआरएनएको निर्वाचन कार्यतालिका स्थगित

0

गैर आबासीय नेपाली संघको निर्वाचन तेश्रो पटक स्थगित भएकोछ । महाधिबेशन प्रतिनिधिको बिबाद समाधान नगरि गर्न खोजिएको निर्वाचनमा उम्मेद्वारहरुनै सहभागि नहुने अवस्था आए पछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । बिबाद समाधानका लागि चार सदस्यीय समितिको गठन गरिएकोछ ।

यस् अघि अक्टोबर र नोभेम्बरमा पनि महाधिबेशन प्रतिनिधिको अन्तिम नामवली निर्वाचन समितीलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो । जुलाईमा भएको एनसिसी चुनावमा बिभिन्न देशमा प्रबिधीको दुरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भनेर थुप्रै उजुरी परे पनि त्यसको निराकरण हुन सकेकोछैन ।

प्रतिनिधि चयन बिधान अनुसार नभएको भनेर नेपाल सरकारको पररास्ट्र मन्त्रालयमा निबेदन परेकोले मन्त्रालयले बिधान अनुसार प्रतिनिधि चुनेर निर्वाचन गर्नु भनेर निर्देशन दिएको थियो । उक्त निर्देशन बिरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए , अदालतले अन्तरिम आदेश गरि निर्वाचन प्रकृया सुचारु गर्नु भने पनि प्रतिनिधि बिबाद समाधान भएकोछैन ।

साथै बिबाद समाधान नगरि हुने गतिबिधिमा सहभागि नहुने भन्दै दुई तिहाइ एनसीसीहरुले बिरोध जनाएका थिए र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन । नब निर्बाचित आईसीसी सदस्यहरुले पनि मनोनयन शुल्क बुझाएकाछैन ।

निर्वाचन समितिले आभ्ह्वान गरेको फेस रिडिङ प्रकृयामा पनि सदस्यहरु सहभागि नभएको र भोलि आभ्ह्वान गरिएको उम्मेद्वारी मनोनयनमा पनि धेरै उम्मेद्वारहरु ( बिशेष गरि कुल आचार्य समुह) सहभागि नहुने देखेर निर्वाचन प्रकृया स्थगित गर्नु परेको हो ।

बिबाद समाधान गर्न समिती

निर्वाचन गर्ने प्रकृया पुरा नभएको भन्दै अध्यक्ष पन्तले बिबाद समाधानका लागि ४ सदस्यिय बिबाद समाधान समितीको गठन गरेकाछन ।


उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री छन् । उक्त समितिको ‘टर्म्स अफ रेफरेंस’ र समयावधि भने सार्वजनिक गरिएको छैन।


अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख छ। उनले संवाद र सहमतिका लागि समिति गठन गरेको पनि जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.