कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

0

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान शुरु भएको छ । 

नयाँ नेतृत्व चयनका लागि कांग्रेसका ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदैछन् । कांग्रेसले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १ सय ३४ जना नेता छान्न निर्वाचन गर्न लागेको हो ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि ४ सय ९१ जना चुनावी मैदानमा छन् । सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ ।

एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था कांग्रेसमा छ ।

काठमाडौंको भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ । पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भएपश्चात् सभापति पदको मतगणना हुनेछ ।

Leave A Reply

Your email address will not be published.