रुसले युक्रेनमा आक्रमण गरे ठुलो मुल्य चुकाउनुपर्ने जी सेभेन मुलुकहरुको चेतावनी

0

एजेन्सी : जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएका हुन् ।

रुसले आगामी वर्ष युक्रेनमा करिब दुई लाख सेना सम्मिलित गराएर आक्रमणको योजना बनाएको विवरण सार्वजनिक भएपछि जी सेभेनको पछिल्लो चेतावनी आएको हो ।

जी सेभेन समूहमा आवद्ध राष्ट्रहरुले युक्रेनको सीमा नजिकै रुसले सैन्य संरचना निर्माण गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

जी सेभेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रिय अखण्डतामा कुनै आँच आउन नदिने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रपति पुटिनले भने जी सेभेन सदस्य राष्ट्रहरुले गरेको निर्णयप्रति आपत्ति जनाउँदै आफूले युक्रेनमा आक्रमणको योजना नबनाएको दाबी गरेका छन ।

Leave A Reply

Your email address will not be published.