रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

0

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।

नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनको सचिवालयले जनाएको हो ।

यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए ।

आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.