अमेरिकाको केन्टकीमा आँधी, ७० जना भन्दा बढीको मृत्यु

0

एजेन्सी : अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । केन्टकी राज्यको तीन किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीले ठुलो क्षति पुर्‍याएको छ । 

केन्टकीको मेफिल्ड टाउन सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रका एक सय भन्दा बढी उद्योगमा असर परेको छ । 

एउटा मैनबत्ती कारखानामा फसेका चालिस जनाको उद्धार गरिएको छ । आँधीका कारण कारखानामा फसेका कामदारको खोजीमा आपतकालीन टोली नै खटाइएको छ । 

आँधीबाट मिसौरी, अर्कान्सस, इलिनोइस, टेनेसी, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ । 

केन्टकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीमा फसेका दर्जनौंको उद्धार गरिएको छ । इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन समेत भत्किएको छ । 

सकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताउका छन् । बाइडेनले विपद् संकटकालको घोषणा गर्दै प्रभावित राज्यहरुका लागि सहयोग कोष जारी गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.