कांग्रेस सभापतिमा उम्मेद्वारी नदिने रामचन्द्र पौडेलको घोषणा

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी पार्टीको महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । 

भृकुटीमण्डमा उम्मेदवारी दर्ता चलिरहेका बेला उनले विज्ञप्ति जारी गरी आफू प्रतिस्पर्धाबाट अलग भएको जानकारी गराएका हुन् । 

पौडेलले मझदारमा आएर आफू मैदानबाहिर रहेको बताएका छन् । नेता पौडेलले कांग्रेसभित्र विचलन आइरहेको अनुभव गरेको उल्लेख गरेका छन् । 

कांग्रेसलाई आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको आफुलाई महसुस भइरहेको उनको भनाइ छ । उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा धेरै प्रपञ्च भोगेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न पनि सबैलाई अपिल गरेका छन् ।

May be an image of text
Leave A Reply

Your email address will not be published.