कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी, यी नेताबीच हुँदै छ प्रतिस्पर्धा

0

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाको उम्मेद्वारी दर्ता भएको छ । वर्तामान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने उनलाई शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहले चुनौति दिएका हुन् । 

देउवा र कोइरालाले प्यानलसहित चुनाव लड्दैछन् । मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ । निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै, सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाएका छन् । देउवाको प्यालमा पुराना अनुहारहरु धेरै छन् । उपसभापतिमा उनले पूर्णबहादुर खड्का र डा. विजय गच्छेदारलाई अघि सारेका छन् । 

यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल उनको प्यानलमा समेटिएका छन् । युवा नेता प्रदीप पौडेल सिटौला समुहको तर्फबाट देउवा प्यानलमा मिसिएका हुन् । 

कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् । 

प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याएका छन् । शर्माले देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा भएका हुन् । 

कांग्रेस सभापतिका लागि ६ जना नेताहरुको भिडन्त हुने छ । लो प्रोफाइलका दुई उम्मेदवार कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

Leave A Reply

Your email address will not be published.