कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेद्वारी दर्ता

0

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन समितिको कार्यालय राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसमा युवा पुस्ताले मौका पाउनुपर्छ भनेर आफुले उम्मेदवारी दिएको गुरुङले बताए ।

कांग्रेस निर्वाचन समितिले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । 

सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ ।

Leave A Reply

Your email address will not be published.