४० हजार अफगानी शरणार्थीलाई आश्रय दिने ईयुको निर्णय

0

एजेन्सी : युरोपेली संघ ‘ईयू’का १५ मुलुकले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन् । ‘ईयू’का मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको हो । 

जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ । 

यस्तै फ्रान्स र स्पेनले समान २५/२५ सय अफगानिस्तानका शरणार्थीलाई आश्रय दिनेछन् । अन्य मुलुकले यो भन्दा कम संख्याका शरणार्थीलाई आश्रय दिने बैठले निर्णय गरेको छ । 

यसले अनियमित रुपमा अफगानिहरु युरोप छिर्नबाट रोक्ने विश्वास ईयुको छ । अहिले पनि करिब ८५ हजार अफगानीहरु आश्रयको खोजीमा रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.