नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदै

0

काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदै छ । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ७ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घााटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्रांगणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । उदघाटन समारोहमा काठमाडौँ उपत्यका बाहिरबाट सहभागी बोलाइएको छैन ।

पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उदघाट्नमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ ।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।

Leave A Reply

Your email address will not be published.