गगन थापाको नारा : ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ (अवधारणा पत्रसहित)

0

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

अवधारणा पत्र सार्वजनिक गर्दै नेता थापाले आजका दिनसम्म आफ्नो सभापतिको उम्मेदवार नभएको बताए । आफ्नो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने उनको भनाइ थियो ।

पार्टीको मूल नेतृत्व सभापति नै हो भन्दै उनले पार्टीलाई आफूले भनेजस्तो देख्ने र सुन्ने बनाउनका लागि पनि मूल नेतृत्व राम्रो चाहिने बताए ।

उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताए ।

१५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ । 

Leave A Reply

Your email address will not be published.