कांग्रेस महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । 

प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे । 

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता, मनोमालिन्य र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गरे । 

प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली कांग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको दावी समेत गरे । 

कार्यक्रममा कांग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली कांग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.