अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित पुरस्कार विजेता घोषणा

0

लन्डन : अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरेको विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ ।

यो वर्षको पुरष्कार डा. निजोदी नेदेयून्येमालाई दिइने भएको छ । नामिबियाको संविधानमा भएको पानी सम्बन्धि अधिकारको व्याख्या विषयमा केन्द्रित उनको  शोधग्रन्थका लागि पुरस्कार प्रदान गरिएको हो ।

 नेदेयून्येमाको उक्त शोधग्रन्थ यो वर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनोट भएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि गरेका सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो भने सन् २०२० मा प्राध्यापक सुवेदीको नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो ।

प्राध्यापक सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक, बेलायतका ब्यारिष्टर र क्यूसी हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको  प्राज्ञसभाले उनलाई अन्तरराष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पुरयाएको र स्वयं पनि ख्याति प्राप्त गरेको व्यक्ति भन्दै सन् २०२१ मा मानार्थ प्राज्ञमा मनोनयन  गरेको थियो ।

Leave A Reply

Your email address will not be published.