६ सय ३७ स्थानीय तहबाट मतदाता नामावली संकलन गरिँदै, १० लाख मतदाता थपिने अनुमान

0

काठमाडौं : निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम थालेको छ । आयोगले ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलन थालेको हो । 

त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहने आयोगले जनाएको छ । 

नामाबली संकलन हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराईमा १५ दिन चल्नेछ । मतदाता नामावली संकलनका लागि देशभर करिब २ हजार ३ सय कर्मचारी खटिएका छन । 

आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । 

१२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ । हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । 

यो कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान आयोगको छ ।

Leave A Reply

Your email address will not be published.