शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयो

0

काठमाडौं : शुक्रबार विहान शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर यो पर्व मनाउने गरिन्छ ।

रातभर जाग्राम बसी आज बिहान आफनो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिएको हो ।

बालाचतुर्दशीको पूर्वसन्ध्यामा भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने प्रचलन रहेको छ ।

शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्ने गरिन्छ । सतवीज छरी दुनो वा टपरीमा बत्ति नदिमा बगाउनलाले मृतक आफन्तहरुले जीवीत अबस्थामा गरेका सवै पाप नाश भइ कैलाशमा अथवा बैकुण्ठमा बास पाउने विस्वास गरिन्छ ।

बाला चर्तुदर्शीको दिनमा श्लेष्मान्तक बनमा गएर एक गेडा विउमात्र छरे पनि एक टुक्रा सुन दान गरे वराबर फल प्राप्त हुने विश्वास गरिन्छ ।

Leave A Reply

Your email address will not be published.