वर्किङ भिषामा नेपालबाट बेल्जियम आउने ब्यबस्था छैन , – एनआरएनए बेल्जियम

0

नेपालबाट मानब तस्करी गर्ने समुहले बैदेशिक रोजगारमा जान चाहने युबाहरुलाई बेल्जियमको वर्किङ भिषामा पठाउने भन्दै पैसा उठाएर केही युबाहरु ठगेको जानकारी प्राप्त भएको एनआरएनए बेल्जियमले बताएकोछ ।

संघले आज एक बिज्ञप्ती प्रकाशित गरी नेपाल र बेल्जियम सरकार बिच श्रम सम्झौता नभएकोले यहाँ श्रमिक भिषामा आउने कुनै बैधानिक ब्यबस्था नभएकोले नझुक्किन र नठगिन अनुरोध गरेकोछ ।

संघका अध्यक्ष खड्का केसी र महासचिब रमेश कंडेल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा नक्कली कागजात बनाएर ठुलो रकम अशुल गरेर नक्कली पेपर भिषा, होटेल बूकिङ र टिकट बनाई ठग्ने गरेकोले सचेत रहन प्र्हरीलाई जानकारी दिन अनुरोध गरिएकोछ ।

साथै नेपाल सरकारका सम्बन्धित निकायलाई त्यसखाले गैर कानुनी काम गर्नेहरुलाई आबस्यक कार्यबाही गर्न पनि बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । युरोपका केही देशहरुमा कृषि कर्माका लागि नेपालीहरुलाई श्रमिक भिषामा आउने अनुमती भए पनि अन्य सबै देशमा श्रमिकको रुपमा भिषा दिईदैन ।

Leave A Reply

Your email address will not be published.