ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्नेहरुको सम्पत्ती र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए ।

देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरुले मिलेर काम गर्नुपर्ने बताए । अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न विदेशी विकास साझेदारको आवश्यकता रहेको उनको भनाई छ ।

देउवाले सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको भन्दै अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा समेत बताए ।

Leave A Reply

Your email address will not be published.