एमाले पदाधिकारीमा को-को भए निर्वाचित ?

0

काठमाडौं : एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा पराजित घनश्याम भूसालले ७२५ मत प्राप्त गरे । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।

यस्तै, विष्णु पौडेल १९२५, सुरेन्द्र पाण्डे १८५६, सुवास नेम्वाङ १८६५, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा १७६८ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । विजयी उम्मेदवारहरु सबै ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

त्यसैगरी सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार निर्वाचित भएका छन् । मतपरिणाम अनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ सचिवमा निर्वाचित भएका हुन् ।

गोकर्णले सर्वाधिक १९७६, योगेशले १९६४, छविलाल र पद्माले समान १८०० मत पाएका छन् । त्यसैगरी, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

Leave A Reply

Your email address will not be published.