एमाले अध्यक्षमा केपी ओली निर्वाचित

0

काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का उम्मेद्वार भीम रावललाई पराजित गर्दै ओली विजयी भएका हुन् । कूल खसेको दुई हजार ९६ मतमध्ये ओलीले १८०८ मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत पाए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.