कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

0

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् ।

मंगलबार बसेको  प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिई सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहीले विश्वासको मत भने बुधबारको बैठकमा लिने छन् । मंगलबार प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

Leave A Reply

Your email address will not be published.