एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान, मतपरिणाम आजै सार्वजनिक हुने

0

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । सोमबार राति नौ बजेबाट मतदान शुरु हुने भनेपनि प्राविधिक कारण मंगलबार बिहान चार बजेबाट मात्रै मतदान शुरु भएको हो ।

अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । छ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धामा छन् ।

सात सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, पद्मा अर्याल ओली पक्षवाट प्रतिस्पर्धामा छन् । ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रदेश एक अन्तर्गत खुला र महिलामा एक/एक जना, सुदूरपश्चिममा महिलातर्फ दुई जना, दलितमा खुलातर्फ एक जना, थारू खुलातर्फ एक जना, पिछडिएको क्षेत्र खुलातर्फ एक जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ एक जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

खुला केन्द्रीय सदस्य ८४ जनाका लागि एक सय जनाको नामावली रहेको छ । चुनाव हुने दश क्लष्टरबाट १ सय ५३ जना उम्मेद्वार छन् ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा एमाले पृष्ठभूमिकै नेताहरू उठेका हुनाले त्यहाँ कसैले पनि दाबी नगरेकाले निर्विरोध भएका छन् ।

मतदान लगत्तै मतगणना गर्ने तयारी छ । मंगलबार दिउँसोसम्ममा परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.