नेपाली जनसंपर्क समिति बेल्जियमको सभापतिमा पूर्ण तिमील्सिना

0

नेपाली जनसंपर्क समिती बेल्जियमको पांचौ अधिबेशनले पूर्ण तिमिल्सिनालाई सर्बसम्मत सभापति निर्बाचित गरेकोछ ।

सोमबार बेल्जियमको लुभेन शहरमा भएको अधिबेशनले तिमिल्सिनाको नेत्रित्वमा बरिष्ट उपसभापतीमा माया शर्मा पौडेल र केदार जोशी, महिला उपसभापतीमा राधा प्रधान, उप-सभापतिमा बिराट जोशी, पेम्बा दोर्जी शेर्पा, महामन्त्रीमा प्रकाश राज गिरी, कमल सिटौला, गोबिन्द सिँह अधिकारी, सह-महामन्त्रीमा हूमनाथ पाण्डे, शिवलाल खरेल, कल्पना घिमिरे, सन्तोष न्यौपाने, राकेश घिमिरे, कोषाध्यक्ष-रबिन पण्डित ,सह-कोषाध्यक्ष ,यनुका गुरूङ्ग श्रेष्ठ , हरी ब.रोका र सदस्यहरूमा मदन दवाडी , प्रेम तिमिल्सिना, कौशल खनाल , काशी दनै , दामन तामाङ ,दीपक न्यौपाने , राजेन्द्र घिमिरे , कृष्ण शाही ’ , अनुजा प्रधान , कर्ण अधिकारी, दल ब पुन
जयराम के सी , रामु अर्याल, रमेश लामिछाने , होम रानाभाट, प्रतिष्ठा ओझा रा.भा., रामचन्द्र शर्मा टीकाराम सापकोटा , परशुराम सापकोटालाई सर्बसम्मत निर्बाचित गरेकोछ ।

नेपाली जनसंपर्क समितिको चार बर्षे कार्यकालमा पछिल्लो दुई बर्ष सुभाश गुरुङलाई सभापतिको जिम्मेवारी दिने गरि कार्यसमिती सर्बसम्मत चयन गरेको जानकारी समिति सम्बद्ध श्रोतले बताएकोछ । अधिबेशनले सल्लाहकारमा पण्डित श्री राम प्रसाद ढुङ्गानालाई चयन गरेकोछ ।


त्यसै गरि नेपाली काङ्रेसको चौधौ महाधिबेशनका लागि महाधिबेशन प्रतिनिधिहरुमा राजु थापा, पदम गुरूङ, बिजय मल्ल, अर्जुन काफ्ले र नेपाली काङ्रेसको महासमिती सदस्यमा सिता सापकोटा, पूर्ण तिमील्सिना र सुभाश गुरुङ निर्बिरोध निर्बाचित हुनुभएकोछ ।

नेपाली जनसम्पर्क समितीको पांचौ अधिबेशन निर्वाचन समितिका सन्योजक ईन्द्र छेत्री पकवानले नबनिर्बाचित पदाधिकारीको घोषणा गर्नु भएको थियो भने अधिबेशनका लागि केन्द्रीय प्रतिनिधि नारायण आचार्यले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

यस अघि नेपाली जनसम्पर्क समितीको पांचौ अधिबेशनको भर्चुयल उद्घाटन गर्दै नेपाली काङ्रेसका शभापती एबम प्रधानमन्त्री शेर बहादुर देउबाले नेपाली जनसंपर्क समिती बेल्जियमले युरोपको केन्द्र र युरोपियन युनियनको राजाधानी भएको देशमा काङ्रेसको बिचार र अभियानलाई जीबन्त राखेकोमा खुशी ब्यक्त गर्दै प्रजातन्त्रको अग्रणी रहेको भुगोलमा प्रजातन्त्रका लागी लबिङ गर्न र नेपाली प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउन आग्रह गर्नु भयो ।

नेपाली काङ्रेसका नेताहरु गोबिन्द भट्टराई, सुरेन्द्र पाण्डे र गगन थापाले अधिबेशनको सफलताको कामना गर्दै प्रबासका कार्यकर्तालाई एकबद्ध रहेर नेपाली काङ्रेस पार्टिलाई बैचारिक, नैतिक, भौतिक सहयोग गर्न आग्रह गर्नु भयो ।

अधिबेशनमा भौतिक उपस्थिती र भर्चुयल माध्यमबाट नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ,प्रबासी एकता समाजका अध्यक्ष दीपेन्द्र केसी, नेपाली जनप्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष जीत लामा, प्रबासी नेपाली मन्च बेल्जियमका अध्यक्ष बोधराज पौडेल, संधिय समॉजबादि बेल्जियमका लोक राना, नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट बहराइनका सभापति पदमसुन्दर राहुल गुरुङ, केन्द्रिय प्रतिनिधि एबम एनआरएनए युरोप सन्योजक नारायण आचार्य, नेपाली जनसमर्क समिति बेल्जियमका संस्थापक सभापति ध्रुबराज पौडेल, पुर्बसभापतिहरु , ईन्द्र क्षेत्री पकवान, गंगाधर गौतम , सुभाश जोशी , बरिष्ठ नेता उल्का घिमिरे र नेपाली जनसंपर्क समिति जर्मनीका संस्थापक सभापति दिल गुरुङ लगायतले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा नेपाली जनसंपर्क समिति बेल्जियमकी शभापती सीता सापकोटाले पुर्ब अध्यक्षहरु ध्रुब पौडेल, इन्द्र क्षेत्री पकवान,गंगाधर गौतम,सुबास जोशी र नेदरल्यान्डका सन्स्थापक अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि नारायण आचार्य सहित महिला पदाधिकारीहरु माया शर्मा पौडेल,गीता धिताल, रैना बस्नेत,पार्बता शर्मा र सुबर्णा अधिकारीलाई सम्मान गर्नु भएको थियो ।

नेपाली जनसंपर्क समिति बेल्जियमकी शभापती एबम अधिबेशन आयोजक समिति सन्योजक सीता सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा अतिथिहरुलाई स्वागत उपाध्यक्ष नरहरि सापकोटा,धन्यबाद ज्ञापन सहसन्योजक सुभाश गुरुङ र सन्चालन महामन्त्री दिनेश भण्डारीले गर्नु भएको थियो ।


Leave A Reply

Your email address will not be published.