राप्रपा अध्यक्षमा कमल थापाद्वारा उम्मेद्वारी घोषणा

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

देशको ठूलो शक्ति बनाउने र भविष्यमा राप्रपालाई विभाजन हुन नदिने संकल्पसहित आफूले उम्मेदवारी दिन लागेको थापाले बताए । 

उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.