सर्वसम्मत नेतृत्व छान्न माग गर्दै एमालेका महाधिवेशन प्रतिनिधिद्वारा नारावाजी

0

काठमाडौं : नेकपा एमाले दशौं महाधिवेशनका प्रतिनिधिले सर्वसम्मत नेतृत्व छान्न भन्दै नाराबाजी गरेका छन् । बन्दसत्र स्थल चितवनको सौरहामा महाधिवेशनका लागि आएका प्रतिनिधिहरुले आज विहान नारावाजी गरेका हुन् ।

भीम रावल, घनश्याम भुसाल लगायतका केन्द्रीय सदस्यले पदाधिकारीमा उम्मेदवारी दिने घोषण गरेपछि प्रतिनिधिले सर्वसम्मतका लागि दबाब दिन नाराबाजी गरेका हुन् ।

नेता व्यवस्थापनमा सकस परेपछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै तीन सय एक सदस्यीय केन्द्रीय कमिटी निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गराउन महाधिवेशन प्रतिनिधिले पनि दबाब दिएका हुन् ।

सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्यापनि बढाइएको छ । एमालेको १० औं महाधिवेशन शुक्रबारवाट चितवनमा शुरु भएको हो । शुक्रबारबाट सुरु भएको महाधिवेशन आइतबारसम्म चल्ने तालिका छ ।

Leave A Reply

Your email address will not be published.