एमालेद्वारा महाधिवेशन निर्वाचन आचारसंहिता जारी, के-के गर्न पाइँदैन ?

0

काठमाडौं : नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको हो ।

आचारसंहितामा कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदायका आधारमा घृणा, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न नपाउने उल्लेख छ ।

निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन पनि बन्देज लगाइएको छ । धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि रोक लगाइएको छ ।

मतदानस्थल र मत गणनास्थलमा मोबाइल फोनको प्रयोग गर्न पनि रोक लगाइएको छ । सामान्य भिजिटिङ कार्ड आकारको पर्चा भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शनमा पनि रोक लगाइएको छ ।

समूहगत रूपमा छुट्टै भेला तथा बैठक गर्न गर्न पनि नपाइने नियम बनाइएको छ । आचारसंहिता पालना नगर्ने उम्मेदवारको नाम मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही हुन सक्ने एमालेले जनाएको छ ।

No description available.
No description available.
No description available.
No description available.
Leave A Reply

Your email address will not be published.